सोनाक्षी सिंहाको त्यो ‘राज’ जसको बारेमा कसैलाई पनि थाहा छैन

सोनाक्षी सिंहा बलिउडकी ती सेलिब्रेटीमध्ये पर्छिन जसले आफ्नो ब्यक्तिगत जिन्दगीका बारेमा कुरा गर्दैनन्। ९ वर्षको फिल्मी करियरमा उनको नाम मुश्किलले सोनाक्षीकै को–स्टारसँग जोडिएको थियो। तर अहिले सोनाक्षीले आफूले विगतमा एक सेलिब्रेटीसँग ‘डेट’ गरेको खुलासा गरेकी छन्। उनको यो अफेयरको बारेमा कस्रलाई पनि थाहा थिएन्।

खबरअनुसार केही समय पहिला सोनाक्षीलाई एक च्याट शोमा फिल्म उधोगको कसैलाई डेट गर्ने बारेमा आफ्नो बिचार बताउन भनिएको थियो। उक्त शोमा उनले भनिन्,‘मेरो बुबाले म कुनै शुशिल केटासँग डेट गरुँ भन्ने चाहनुहुन्छ र बलिउडमा त्यस्तो कोही छैन्।’ उनले विगतमा बलिउड स्टारसँग डेट गरेको बताइन्। उनले भनिन्, ‘म एक स्टारसँग डेट गएकी थिए र यसको बारेमा कसैलाई पनि थाहा छैन्’। तर उनले उक्त ब्यक्तिको बारेमा भने केही बताइनन्।

केही समय पहिला सोनाक्षीको बंटी सजदेहसँग अफेयर रहेको भन्ने खबर बाहिर आएको थियो। तर उनले उक्त खबर झूटो भएको बताएकी थिइन्। उनले भनेकी थिइन्, ‘जब यो पुष्टि हुनेछ, म आफैँ आएर सबैको अगाडि कुरा गर्नेछु। कसैलाई यस्तो कुरा लुकाउनु पर्छ जस्तो मलाई लाग्दैन्। म आफ्नो काममा यति व्यस्त छु कि विवाहको बारेमा सोच्न पनि सक्दिन।’