‘मिस्टर एण्ड मिस टुरिजम एम्बासडर युनिभर्स २०१९’ मा नेपालीलाइ उपाधि

अन्तर्राष्ट्रिय ब्युटी प्याजेन्ट ‘मिस्टर एण्ड मिस टुरिजम एम्बासडर युनिभर्स २०१९’ मा नेपाली सहभागिले उपाधि प्राप्त गर्न सफल भएका छन् । नेपालबाट पुरुष तर्फ दमकका विनायक राज पोखरेलले मिस्टर टुरिजम एम्बासडर युनिभर्सको उपाधिको साथमा ग्राण्ड ट्रफी हात पार्न सफल भएका छन् । उनको साथमा महिला तर्फ सपना भण्डारीले मलेसियामा भएको उक्त प्याजेन्टमा सहभागिता जनाएकी थिइन् ।

सपनाले सेकेन्ड रनर अप हुदै मिस इन्टरनेसनलको उपाधि जित्न सफल भइन् । जुलाई १ देखि जुलाई ७तारिक सम्म चलेको कार्यक्रम लिकास स्क्वायर अपार्टमेन्ट होटल कोटा किनाबालु सबाह मलेसियामा सम्पन्न भएको छ । मिस्टर एण्ड मिस नेपाल आइकन २०१९ बिजेता विनायक र सपनालाई हार्दिक बधाई ।