२८ बर्ष अगाडी बाल बिबाह सम्बन्धि युनिसेफले बनाएको भाइरल भिडियोकी उजेली यस्ती भइन उजेलीका घरमा पुग्दा सानो क्युट छोरासँगै अनि परिवार बारे गरिन यस्तो खुलासा।।।।

नेपालमा ३७ प्रतिशत केटिहरुको विवाह १८ वर्ष अगाडनै हुने गरेको छ भने १० प्रतिशत केटिहरु १५ वर्षको उमेरमानै बैवाहिक बन्धनमा बाधिने गर्छन । उन्नाइसौं सताब्दी देखिको बाल विवाहको प्रचलन अहिले एक्काईसौं सताब्दी सम्म आईपुग्दा पनि नेपालको कति पय ठाउँमा अन्त्य हुन सकेको छैन । छोरा स्कुल जाने र छोरी अर्काको घर जाने जातलाई पढाउन हुन्न भने मन्यत अहिले पनि यथावतनै छ ।

बाल विवाहमा आधारित रहेर १९९२ मा ुउजेलीुनामक डकुमेन्ट्री ९ टिभी सिरियल ० निर्माण भएको थियो । नेपालमा हुने बाल विवाहमा आधारित रहेर निर्माण भएको उक्त टिभी सिरियल ९डकुमेंट्री०को मुख्य पात्रका रुपमा उजेली ९ वृन्दा अधिकारी ० दमदार अभिनय गरेकी थिन । १९९२ मा निर्माण भएको उक्त सिरिजमा उनले बाल विवाह गरेकी छिन । सिरिजमा उनि मात्र ७ वर्षकी हुन्छिन । जहाँ बाल विवाह उनको रहर हैन कर यानिकी बाध्यता हुन्छ ।

बच्चा देखिनै पढने रहर भएकी उजेली स्कुल जान्छु म विवाह गर्दिन भन्दा भन्दै पनि वैवाहिक बन्धनमा बाधिन पुग्छिन । सो समयको सामाजिक मान्यता छोरीलाई पढाउन हुन्न। छोरीले भनेको घरको काम सिक्ने हो । छोरीले स्कुल पढेर चिठी लेख्न थाल्यो भने त के होला भन्ने हाम्रो नेपाली समाजलाई सो सिरिजले उत्थान गरेको छ ।

यसैक्रममा १९९२ मा निर्माण भएको डकुमेंट्री ुउजेलीुको मुख्य पात्र उजेली९ वृन्दा अधिकारी ० २८ वर्ष पछि पुन मिडियामा आएकी छिन । उक्त सिरियलमा दमदार अभिनय भएका बाबजुत पछि खासै मिडियामा आउन नसकेकी उजेलीले बुधबार सुत्र इन्टरटेन्मेन्टसँग अन्तरवार्ता दिएकी छिन ।

नरसिंगको पढाई सकेर विदेशमा काम गरिरहेकी उनि ३ वर्ष अघि बैवाहिक बन्धनमा बाधिएकी थिन । विवाहको ३ वर्ष बित्दा अहिले उनका एक सन्तान छन् ।

बुधबार साँझ अन्तरवार्ता दिदै उनले उक्त डकुमेन्ट्रीको बारेमा पनि बताएकी छिन । उनले सो समयमा यतिका मिडिया थिएन तर त्यो समयको डकुमेन्ट्री अहिले यति भाइरल भरहेको देखा निकै खुशी लागेको बताइन ।

उनि भन्छिन ुत्यो समयको डकुमेन्ट्री अहिलेका युवापुस्ताहरुले नरुचाउने हुन् कि भन्ने सोचेको थिए तर हिस्ट्री त हिस्ट्री नै हो । दर्शकले अहिले आएर यति धेरै रुचाइदिनु भयो धेरै खुशी लागेको छ । सो समयमा अभिनय यात्रालाई अघि बडाउन नसकेकी उनले दर्शकहरुको माग भएमा ुउजेली २ु ल्याउने समेत बताइन ।

हेर्नुहोस उजेलीसँग गरिएको रमाइलो कुराकानी भिडियोमा स्