मौसम र सारिकाको वियोगान्त प्रेमकहानी ‘हारे मैले’ सार्वजनिक

हरेक दिन नयाँ टेस्टका गीत संगीत र म्युजिक भिडियो नेपाली संगीत बजारमा सार्वजनिक भैरहेका छ्न । संगीतका माध्यम बाट नाम , दाम र सम्मान कमाउने सोचका साथ नयाँ कलाकारहरुको अहीले आगमन पनि दिनानुदिन भैरहेको छ।

निकै लामो समयदेखि गीत संगीतको माध्यमबाट नेपाली लोक बजारमा आम दर्शकहरुको मन मुटुमा बस्न सफल गायक हुन मौसम गुरुङ्ग । यतिबेला उनै मौसम गुरुङ् र सारिका केसीको अभिनयमा रहेको अत्यन्तै मार्मिक लोक दोहोरी ‘हारे मैले’ बोलको गीत लोकप्रिय म्युजिक कम्पनी शितल सिजन डिजिटल म्युजिक प्रालीको प्रस्तुतिमा बजारमा आएको छ ।

गीतमा आफनो प्रेमीका बाहेक अन्त मन नजाने र जस्तो अवस्थामा पनि आफनो प्रेमीकालाई स्वीकार्ने र बरु संसार भुल्न सक्ने तर आफनो प्रेमिकालाई भुल्न नसक्ने कुरा मौसमको अभिनयमा देख्न सकिन्छ साथै म्युजिक भिडियोमा प्रेमको यथार्थ कहानीलाई प्रस्तुत गरीएको छ ।

ड्ड सावित्री परियार ‘सानु’ को लोक दोहोरी गीत ‘हारे मैले’ मा ओम छिनालको उत्कृष्ट लय शब्दमा सृजना गरिएको गीतमा बहुचर्चित गायिका बिष्णु माझी र उनै चर्चित गायक मौसम गुरुङ्को आवाज रहेको छ भने संगीत संयोजन कमल सौरागको रहेको छ । उक्त गीतलाई प्रकाश भट्टले निर्देशन गरेका हुन् ।

भिडियो हेनुहोस ।