सुटिङ सेटमा हरिहर अधिकारीको गर्लफ्रेन्डले गरिन् बबाल

ज्योतिष हरिहर अधिकारी नायकबनेको फिल्मशुभ लभ को टाइटल गीतको छायाँकन चलिरहँदाउनकी प्रेमीकाआएर सुटिङ सेटमा बबाल गरेकी छन् । भव्य रुपमा सजाईएको कारमाफिल्मकीनायिकासँग रोमान्स गरिरहेका हरिहरलाई उनकी‘प्रेमिकाहुँ’भन्दै एक युवतीआएर भनेपछि एकैछिन सुटिङ नै रोकियो ।

हरिहर पोखरा आएको र आफूलाई भन्दै नभनिफिल्मकै नायिकासँग रोमान्स गरेको भन्दै तीयुवती सेटमा पुगेर रोईन् । यद्यपी हरिहरले भने गर्लफ्रेन्ड दाबीगर्दै सेटसम्म आईपुगेकायुवतीलाई आफूले नचिन्ने भन्दै तर्किए । यतिसम्मकिफिल्मकीनायिकालाई पनितीयुवतीले झाँको झारिन् ।

युवतीआएर एकाएक सेटमा हरिहर र फिल्मकीनायिका क्रिष्टिनसँग खनिनथालेपछि सुटिङ बिथोलियो । हरिहर अवाकभएर केहि बोल्नै सकेनन् । एकैछिन् तीयुवतीलाई सम्झाउनखोजे, तर कुनै हालतमातीयुवतीमान्ने वालाथिईनन् । झन् त्यसै माथियुवती रोएको देखेपछि फिल्म यूनिटका अन्य सदस्यपनि उल्टै युवतीलाई ‘फ्लर्ट गर्ने ?’ भन्दै हरिहर माथि नै जाईलागे ।

हरिहरलाई असह्यभयो । उनीफिल्मकाकोरियोग्राफर रामजी लामिछानेसँग पनिझोक्किए । चश्माफाल्दै उनले आफूले सुटिङगर्न नसक्ने भन्दै रिसाए ।

यद्यपी केहि समयपछि भने हरिहर आफू प्य्राकं भएको थाहापाए । लामो सास लिए । र, हाँस्नथाले । एकाएकआएको तनावप्य्राकं भएको थाहा पाएपछि भने उनीअलिकमत्थर भए ।

खासमापोखराको जक्शन डटकमले हरिहरलाई यसरी प्य्राकं गरेकोथियो । जक्शन डटकमका अरुण गिरी र रोहन नेपालीले यस्तो प्य्राकंको कन्सेप्ट तयार पारेकाथिए । र, मोडल मुस्कान सुनारलाई उनीहरुले हरिहरको प्रेमिकाको रुपमा पेश गरेकाथिए । मुस्कानपोखरामा रहेर मोडलिङ गर्दै आएकी छिन् ।

ज्योतिषको रुपमाचर्चा कमाएका हरिहर अधिकारीले अभिनय गरेको फिल्मशुभ लभ केहि समयमै प्रदर्शनमाआउने क्रममा रहेको छ ।