विश्व-मेरुनाको ‘रंगीयो रे तिम्रो सिउँदो’ सार्वजनिक

नेपालका चर्चित आधुनिक गायक राजेश पायल राईको ‘रंगीयो रे तिम्रो सिउँदो’ बोलको गीत सार्वजनिक भएको छ । राजेन्द्र राईको शब्द रहेको गीत राजेश पायल राईले गाएका छन् भने सर्जुन राईले संगीत भरेका छन्  । त्यस्तै संगीत संमायोजन मानषी किरणको रहेको छ ।

गीतको भिडियोमा विश्व लिम्बु र मिरुना मगरको फिचर छन् । भिडियोमा विश्वले मिरुनाको सिउँदो रंगाएको देख्न सकिन्छ भने रुपेश राईलाई मेरुनाको प्रेमीको रुपमा देख्न सकिन्छ । सर्जुन राईले निर्देशन गरेको गीतको भिडियो अनिल के मानन्धरले खिचेका छन् भने शालन लम्सालले गीतको भिडियोलाई इडिट गरेका हुन । गीतमा संगीत संमायोजन मानषी किरणको रहेको छ ।