रामकहानी पोष्टर सार्वजानिक कुन कुन कलाकारका टाउको अटाए ?

गीतसंगीत र ट्रेलर सार्वजनिक भएपछि बजारमा राम्रो हाइप बनाएको चलचित्र ‘रामकहानी’को पोष्टर सार्वजनिक गरिएको छ ।

भदौ २२ गतेबाट रिलिज हुने यो चलचित्रको ट्रेलर चलचित्रकर्मी र दर्शकलाई सरप्राइज समेत बनाएको छ । सुदर्शन थापाको निर्माण तथा निर्देशनमा तयार भएको चलचित्रले कमेडी र प्रेमको कथालाई उठान गरेको छ ।

चलचित्रको पोष्टरमा मुख्य नायक आकाश श्रेष्ठ र नायिका पूजा शर्मालाई देखाइएको छ । साथमा, चलचित्रका मुख्य हा“स्य कलाकार केदार घिमिरे, जितु नेपाल, रविन्द्र झा र विल्सन विक्रम राइलाई पनि चलचित्रको पोष्टरमा देख्न सकिन्छ ।

सवा २ घन्टा लामो यो चलचित्रले दर्शकलाई मनोरञ्जनका साथै सरप्राइज पनि दिने निर्देशक थापा बताउ“छन् ।

चलचित्रको पोष्टरले अझै चलचित्रप्रतिको कौतुहलता बढाएको छ ।