सस्पेन्स विनाको बेलगामे अवार्ड

अवार्ड भन्नासाथ जिवन यात्राका क्रममा कुनै कर्म गरे बापत अत्याधिक प्रसंशा अनि दर्शकको चित्त बुझ्ने गरी कर्म गरेवापत स्यावासी स्वरुप पाईने सम्मान हो । अन्य विधामा यसलाई सम्मान मात्र भनिएता पनि रंगिन दुनियामा भने अवार्डको उपनामले चिनिने गरेको छ । त्यसो त रंगिन दुनियामा अवार्डले सर्जक तथा श्रष्टालाई अगाडी बढ्नका लागि महत्वपूर्ण तरिकाले टेवा दिने काम गर्दछ । हुन त कर्म गर्ने सबै सफल हुन्छन र सबैलाई सबैथोक मन पर्छ भन्ने पनि होईन । आजभोली नेपाली रंगिन दुनियामा अवार्डको मेलानै लाग्ने गरेको छ । चलचित्र क्षेत्रमा होस वा लोक गितको क्षेत्रमा होस । देश देखि विदेश सम्म लगेर बिभिन्न किसिमका अवार्डहरु हुदै आईरहेका छन् । यो सुखद पक्ष पनि हो ।

राष्ट्रिय स्तरको गतिविधिलाई अन्र्तराट सम्म पुर्याउन सक्नु भनेको चानचुने मेहनत र लिंकले हुन सक्दैन । नेपाल प्रविधिक संघले नेफ्टा चलचित्र पुरस्कार विगत ३ वर्ष यता लगातार विदेशमा लगि वितरण गर्ने गरेको छ । ईन्फा नाम गरेको अवार्ड गएको वर्ष हड.कड.मा लगेर वितरण गरियो । यो वर्ष पनि अन्र्तराष्ट्रमा नै लगेर वितरण गराउने गृहकार्यमा लागेको छ । त्यसो त एनएफडीसि राष्ट्रिय चलचित्र पुरस्कार नामको अवार्ड पनि नेपाली चलचित्र क्षेत्रमा नौलो नाम होईन । त्यस्तै चलचित्र बिकास वोर्डले वितरण गर्ने राष्ट्रिय चलचित्र पुरस्कार देखि लिएर छायाँछवीले आयोजन ागर्ने अवार्ड,वक्स अफिसले गर्ने अवार्ड तथा म्यूजिक खवरले गर्ने अवार्ड देखि लिएर यहाँ धेरै अवार्डहरु गर्ने गरेको पाईन्छ ।

भर्खर मात्र प्राबिधिक संघले कतारमा लगेर नेफ्टा अवार्ड वितरण गरि फर्किएको छ । बिभिन्न चुनौती र व्यवधानका बिच कार्यक्रम सफल पारि फर्किएका यो अवार्डलाई आयोजक संस्थाका पदाधिकारीहरु अरुभन्दा बिल्कुल फरक तथा उत्कृष्ट अवार्ड भन्न रुचाउछन् । यो केही हदसम्म सत्य भएता पनि अवार्ड वितरणको प्रबृत्ति चाही उही ड्याड.को मूला जस्तै हो । संकुचित सोच र विचारका कारण पनि नेपाली अवार्डहरु फस्टाउन नसक्नु प्रमुख कारक हो । किनकी अवार्ड भनेको सस्पेन्समा हुनुपर्दछ । अनि पो परिणाम सुन्दा रमाईलो अनि आनन्द आउछ ।

आजभोलीका अवार्ड कार्यक्रममा जसले स्टेजमा परफर्म गरीदिन्छ उसैले पाउछ अवार्ड । अवार्ड दिने आश्वासनमा खर्च कम गर्नका लागि कलाकारलाई स्टेजमा उतारुन वा अवार्ड पाउने जानकारी पाएपछि कलाकार पर्फम गर्न तयार होउन् । त्यो सम्बन्धित कलाकार र आयोजकले बुझ्ने कुरा हुन् । तर जो दर्शक बनेर हेरेका हुन्छन आजभोली अर्वाडको साख बुझ्नलाई समय पर्खिनुपर्दैन । कुरो चुरो पहिल्यैनै थाहा हुन्छ । त्यस्तो प्रवृतिको हावि संगै नेपाली अवार्डहरुको महत्व खस्किदैछ । अनि त्यस्तै अन्य अवार्डहरुमा पनि अवार्ड पाउने व्यक्तिलाई मात्र पत्रकाटी हलमा बोलाएर वितरण गर्ने गरिएको छ । यस्ता अवार्ड भनेका गुदी नभएको खोक्रो ओख्खर जस्तै हुन् ।

अवार्डलाई पैसामा बेच्ने काम पनि नभएका होईनन् । यि दर्दनाक स्थिती अवार्ड वितरणमा छ । नेपाली चलचित्र र गित संगित उत्थान तथा सम्मानको नाम दिएर वितरण हुदै आईरहेका यस्ता अवार्डहरु भावि दिनमा विकृति र विसंगतिको कोशे ढुंगा बन्न सक्छ । तसर्थ अवार्डलाई अवार्डकै रुपमा प्रस्तुत गर्ने बानी बसालौ । नत्र भए अवार्ड वितरण काम नपाएकी वुहारी पाढाको …… कन्याई जस्तो र कमाईखाने भाडो शिवाय अरु केही हुन सक्दैन् ।

प्रस्तुती – स्वस्तिका चिलुवाल