‘रोजी’मा यस्तो हुदैछ प्रदीपको गेटअप

चलचित्र रोजी निर्माण शुरु भएको छ । गोपीकृष्ण मुभिजका लागि उद्धव पौड्यालको प्रस्तुती रहने चलचित्रको बुधबार बालाजुस्थीत नेपाल चलचित्र विकास कम्पनी एनएफडिसीमा शुभ मुर्हत सम्पन्न भएको छ । जहाँ चलचित्रका मुख्य पात्र प्रदीप खड्का लामो कपाल, दाह्री पाले र हातमा हद्कडी लगाएर अदालतको कठघरामा उपस्थीत भए । जसलाई आफ्नै प्रेमिका रोजी राणाको हत्या गरेको आरोप लागेको छ । अदालतमा न्यायाधिसका रुपमा वरिष्ठ चलचित्रकर्मी उद्धव पौड्याल थिए भने अभिनेत्रीद्धय पारमिता राज्यलक्ष्मी शाह र मिरुना मगर पनि ।

निरक पौडेलको निर्देशन रहने चलचित्रको कथा अनुप सापकोटाले लेखका हुन् भने पटकथा तथा सम्वाद केदार भुषालले तयार पारेका छन् । राजु विक्रम थापाको छायाँकन, अर्जुन पोखरेल र एलिस कार्कीको संगीत रहने चलचित्रका लागि दयाराम पाण्डेले गीत लेखेका हुन् । गोपीकृष्ण मुभिजसंग आरोही इन्टरटेनमेन्ट एसोसिएट भएर रोजी निर्माण गर्दैछ । चलचित्रमा कर्मा, कृष्ण सिवाकोटी, प्रकाश श्रेष्ठ, प्रदीप दाहाल लगायतका कलाकारहरुको पनि अभिनय रहने छ ।
आइतबार देखि छायाँकन शुरु हुने रोजी नेपालसंगै दुवई र फिलिपिन्समा खिचिने निर्देशक निरक पौडेलले जानकारी दिएका छन् । आफ्ना अघिल्ला चलचित्रहरु भन्दा रोजी उत्कृष्ट बन्नेमा निर्देशक पौडेल आशाबादी देखिएका छन् । प्रेम गीत, प्रेम गीत २ र लिलि बिली सफल भएपछि प्रदीपलाई लिएर ठूलो आश राखिएको छ । शुभमुर्हत कार्यक्रममा जसरी प्रदीप उपस्थीत भए त्यसले रोजीमा प्रदीपको मेहनत देखिएको छ । नारी संवेदनाको कथा लिएर रोजी उत्कृुष्ट प्रेमकथात्मक सांगीतिक चलचित्र निर्माण हुनेमा प्रदीप विश्वस्थ देखिएका छन् ।