लगानी उठाउन ‘साहो’ले अझै दुई सय करोड कमाउनुपर्ने

प्रभास स्टारर ‘साहो’ले विश्वव्यापी रूपमा ४ सय करोड भारूको ग्रस कमाइ गरेको छ।

सिनेमा ३५० करोड भारूको बजेटमा तयार भएको हो।

यस हिसाबले आफ्नो लगानी उठाउनबाट ‘साहो’ अझै २ सय करोड भारू कमाउनुपर्ने भारतीय संचारमध्यमले उल्लेख गरेका छन्।

‘हिन्दीमा सिनेमा हिट भएपनि अन्य भाषामा भने लगानी उठाउन ‘साहो’ संघर्षरतः रहेको छ। ठूलो बजेटमा बनेको सिनेमाले लागानी उठाउन ६ सय करोड भारू आसपासमा व्यापार गर्नुपर्छ’, एक बलिउड व्यापार विश्लेषकलाई उद्धृत गर्दै हिन्दुस्थान टाइम्सले समाचार लेखेको छ।

हल रिलिजबाट ‘साहो’ले बाँकी २ सय करोड बारू कमाइ गर्न मुश्किल देखिएपनि अन्य विभिन्न शीर्षकमा सिनेमा बेचिसकिएकाले निर्माताहरूलाई घाटा भने हुनेछैन।