सन्नीका छोराले भने- बुबा भन्दा राम्रो नाच्छु

बलिउडमा अभिनेता सन्नी देवलको छवि एक्सन हिरोको छ।

रोमान्टिक हिरो बनेको भन्दा पनि उनलाई एक्सन हिरोका रूपमा नै दर्शकले रूचाए।

‘ए ढाई किलोका हात’ भन्ने संवाद होस या ‘गदर’ सिनेमामा, ट्यूबवेल उखेल्दा दर्शकले हलमा ताली पिटेर मजा लिए, उनको तारिफ गरे। एक्सन दृश्यमा उनले दर्शकहरूबाट खुबै सिठ्ठी पाए।

एक्सनमा तारिफ बटुले पनि नृत्यमा भने उनी सँधै पछाडि रहे। उनले कहिले राम्रो नाच्न जानेनन्। कतिले त सन्नीलाई गीतमा नाच्दैनन् पिटी खेल्छन् सम्म भनेर व्यग्य गरे। उनी स्वयंले पनि आफू नाच्न नजान्ने भनेर स्वीकार गरिसकेका छन्।

बलिउडका हिम्यानका रूपमा परिचित धर्मेन्द्रका छोरा सन्नी देवल हाल आफ्ना छोरा करण देवलको डेब्यू सिनेमाको प्रचारमा व्यस्त छन्। उनले आफ्नै निर्देशनमा ‘पल पल दिल के पास’ सिनेमाबाट छोरालाई डेब्यू गराउँदैछन्।

यसै सिनेमाको प्रचारमा बाबुछोरा व्यस्त छन्। हालै एक वेबसाइटलाई दिएको अन्तरवार्तामा सोधिएको नृत्यसम्बन्धी सवालमा उनले आफू नाच्नमा बाबुभन्दा राम्रो रहेको बताए।

बाबु भन्दा नाच्नमा अब्बल भएपनि काका बबी देवल जति नाच्न नजान्ने उनले बताएका छन्।

उनले आफू गज्जब नाच्न नजानेपनि कसैले सिकाए त्यसलाई टिप्न सक्षम रहेको दाबी गरे। उनी अभिनित ‘पल पल दिलके पास’ सेप्टेम्बर २० मा रिलिज हुँदैछ।