राष्ट्रिय चलचित्र कन्फ्रेन्सको समाचार संकलन सम्बन्धमा

श्री सम्पादक ज्यू मितिः २०७६ भाद्र २५ गते

बिषयः राष्ट्रिय चलचित्र कन्फ्रेन्सको समाचार संकलन सम्बन्धमा ।

मानवअधिकार चलचित्र केन्द्र र चलचित्र विकास बोर्डको संयुक्त आयोजनामा यही भदौं २६, २७ र २८ गते तीन दिने नेपाली चलचित्रको प्राज्ञिक कन्फरेन्स आयोजना हुन लागेको कुरा जानकारी गराउँन चाहान्र्छौ । राष्ट्रिय चलचित्र कन्फ्रेन्स नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना हुनेछ । चलचित्र निर्माण, चलचित्रमा विभिन्न विषयको चित्रण र तीनको प्रभावबारे कार्यपत्र प्रस्तुति, कार्यपत्र माथि छलफल तथा चलचित्र क्षेत्रका विभिन्न विषयमा ‘प्यानल’ छलफल लगायतका कार्यक्रम यस तीन दिने कन्फरेन्समा समेटिने छ ।
त्यस अवसरमा चलचित्रकर्मी, चलचित्रका विज्ञ, चलचित्रको अध्ययन अनुसन्धान गरिरहेका व्यक्ति, प्राध्यापनमा संलग्न व्यक्तिहरुले नेपाली चलचित्रका विभिन्न आयाम, यसको प्रभाव, कला र सौन्दर्यका बारेमा लेखेका एक दर्जन बढी कार्यपत्रको प्रस्तुति र छलफल हुनेछ । सो अवसरमा बरिष्ठ चलचित्रकर्मीको ‘नेपाली चलचित्रमा अनुभव र अनुभूति’को प्रस्तुति, तथा डा। हरि शर्माको नेपाली समाजको अर्थराजनीतिमा चलचित्रको महत्वका विषयमा ‘किनोट स्पीच’ पनि समेटिने छ ।

नेपाल पुनर्विमा कम्पनी लिमिटेडको सहयोगमा आयोजना हुने यो कन्फ्रेन्स नेपाल इन्डिपेन्डेन्ट फिल्ममेकर्स सोसाइटी, चलचित्र निर्देशक समाज, चलचित्र समीक्षक समाज, चलचित्र पत्रकार संघ नेपाल, अस्कर इन्टरनेशनल कलेज आदिको सहआयोजना रहने छ । यो कन्फरेन्सले नेपालको बौद्धिक क्षेत्रका व्यक्तिहरुलाई नेपाली चलचित्रका बारेमा अध्ययन अनुसन्धान गर्न, बहसमा सहभागी बनाउन र चलचित्रलाई बौद्धिक क्षेत्रको चासो भित्र पार्न मद्दत पुग्नेछ भन्ने विश्वास लिएका छौं । नेपालमा चलचित्र बन्न थालेको ६ दशकको इतिहासमा नेपाली चलचित्रको बारेमा गहकिलो बहस, छलफल र विमर्श गर्न पहिलो पटक यस्तो कन्फरेन्स हुँदैछ ।
तीन दिन सम्म संचालन हुने यस कन्फ्रेन्समा उपस्थित भई समाचार प्रकाशन तथा प्रशारण गरिदिनु हुनको लागि हार्दिक अनुरोध गर्दर्छौ । कन्फ्रेन्सको बिस्तृत तालिका यसै पत्रमार्फत संलग्न गरिएको व्यहोरा जानकारी गराउँन चाहान्र्छौ ।

कार्यक्रम
मितिः २०७६ भाद्र २६, २७ र २८ गते
स्थानः नेपाल प्रज्ञा प्रतिष्ठान ९पारिजात कक्ष०, कमलादी
समयः १०ः३० बजे देखि ५ः०० बजे सम्म

अनुप सुवेदी
कन्फ्रेन्स संयोजक
फोन ९८५१११९३९३