‘द स्काई इज पिंक’को ट्रेलरमा यस्तो देखिइन् प्रियंका

लामो समयदेखि चर्चामा रहेको बलिउड अभिनेत्री प्रियंका चोपडा स्टारर ‘द स्काई इज पिंक’ सिनेमाको ट्रेलर सार्वजनिक भएको छ।

सिनेमामा प्रियंखाको साथमा फरहान अख्तर र हालै सिनेमाबाट संन्यासको घोषणा गरेकी जाहिरा वसीमको मुख्य भूमिका रहेको छ।

शोनाली बोस निर्देशित सिनेमा अक्टुबर ११ मा रिलिज हुँदैछ। यसै सिनेमाबाट लामो समयपछि प्रियंका बलिउड सिनेमामा फर्किएकी छिन्।