अजयसँग यस कारण विवाह गरेकी थिइन् काजोलले

बलिउड अभिनेत्री काजोल तथा अभिनेता अजय देवगन विवाह वन्धनमा बाँधिएको २१ वर्ष भइसकेको छ।

काजोलले २५ वर्षको उमेरमा अजयसँग प्रेम विवाह गरेकी थिइन्। विवाह गर्दा काजोल आफ्नो करियर उच्चतम लयमा चलिरहेकी थिइन्। धेरै नायिकाहरू करियरको उच्च बिन्दु रहँदा विवाह गर्न डराउँछन् तर काजोलले भने आफूलाई यस मामिलामा फरक बनाइन्।

यस्तोमा उनले किन विवाह गरिन्? यस बारेमा उनले केहि वर्षअगाडि दिएको अन्तरवार्तामा खुलासा गरेकी थिइन्।

‘म काम गर्न थालेको ९ वर्ष भइसकेको थियो। हरेक वर्ष४-५ फिल्म आइरहेका थिए। मसँग सबै कुरा थियो- नाम, दाम र सफलता तर आफ्नै लागि समय र आराम भने थिएन। एउटा ठूलो निर्णय लिने समय त्यही नै थियो। त्यो बेला मैले अब विवाह गर्छु र वर्षमा धेरै गरे एउटा फिल्म गर्छु भन्ने सोचेँ’, सो अन्तरवर्तामा उनले भनेकी थिइन्।

काजोल र अजय दुबैको भेट ‘हलचल’ नामको फिल्मको सुटिङका दौरान पहिलो पटक भएको थियो। त्यो बेला अजय र काजोल अरू नै सँग प्रेममा थिए। फिल्ममा उनीहरू मित्रता बढ्यो। अजयले काजोललाई उनको करियर र प्रेम जीवनका लागि सल्लाह दिने गर्थे।

सो फिल्मपछि उनीहरू थुप्रै हिट फिल्ममा एकसाथ देखिए। यसरी काम गर्ने क्रममा उनीहरूको मित्रता प्रेममा बदलियो र सन् १९९९ मा उनीहरूले विवाह गरे।