वक्सअफिसमा चम्कियो ‘छिछोरे’, यस्तो छ दुई दिनको कमाइ

सुशान्त सिंह तथा श्रद्धा कपुर स्टारर ‘छिछोरे’ वक्सअफिसमा चम्केको छ। सिनेमाले रिलिजको दुई दिनमा सुखद कारोबार गरेपछि सिनेमा चम्केको हो।

सिनेमाको कमाइमा दोश्रो दिन झण्डै दोब्बरले बढोत्तरी भएको छ।

रिलिजको दिन शुक्रबार ७.३२ करोड भारू कमाइ गरेको सिनेमाले रिलिजको दोश्रो दिन शुक्रबार १२.२५ करोड कमायो।

नितिश तिवारी निर्देशित सिनेमाले दुई दिनमा कुल १९.५७ करोड भारू कमाएको ‍छ। सिनेमाले आइतबार आफ्नो कारोबार बढाएको भारतीय संचारमाध्यमले जनाएपनि अन्तिम नतिजा भने आएको छैन्।