१ करोड २० लाख ठगेपछि पत्नीसहित पक्राउ परे यी अभिनेता

९० को दशकमा ‘छल’ तथा ‘फिर वैसा भि होता है २’ सिनेमामा गरेको भूमिकाबाट आफ्नो परिचय स्ताफित गरेका प्रशान्त नारायणन र उनकी पत्नीलाई जेल पठाइएको छ।

‘मर्डर २’मा खलनायक रहिसकेका प्रशान्त र उनकी पत्नीलाई जालसाझीको आरोपमा जेल पठाइएको हो।

उनीहरूका पतिपत्नीले मलयालम सिनेमाका एक निर्मातालाई १.२० करोड भारू ठगेको उजुरीपछि केरल प्रहरीले पक्राउ गरेर न्यायिक हिरासतका लागि जेल पठाएको हो।

उनीहरूले थोमस पेनिकर नाम गरेका ती निर्मातालाई आफ्नो कम्पनीमा लगानी गरेमा सिनेमाको निर्देशक बनाइदिने भन्दै ठगी गरेको प्रहरीले जानकारी दिएको छ।

प्रहरीले उनीहरूलाई मुम्बईबाट पक्राउ गरेर केरल लगेको छ। उनीहरूलाई २० सेप्टेम्बरसम्म न्यायिक हिरासतमा राखिनेछ।