सारासँग काम गर्न मानेनन् सुशान्तले, यस्तो छ कारण

बलिउड अभिनेता सुशान्त सिंह राजपुतले आफूसँग डेब्यू गरेकी सारा अलि खानसँग काम गर्न अस्वीकार गरेका छन्।

सैफअलि खान तथा अमृता सिंहकी छोरी साराले सुशान्तसँग ‘केदारनाथ’ सिनेमाबाट बलिउडमा डेब्यू गरेकी थिइन्।

उनै सुशान्तले सारासँग एक विज्ञापनमा काम गर्न अस्वीकार गरेका हुन्।उनले अस्वीकार गर्नुको कारण दुबैको अतितको निकटतालाई मानिएको छ।

सिनेमाको सुटिङका समयमा सारा र सुशान्त एकअर्कासँग नजिकिएका थिए तर आमा अमृताले सारालाई सुशान्तबाट टाढा रहन चेतावनी दिएपछि उनीहरूबीच अंकुराउन थालेको प्रेम अगाडि बढ्न सकेको थिएन्।

त्यतिबेला दुबैको प्रेम एकसाथ अंकुराउन नसकेपनि हाल दुबै जना अरूसँग सम्बन्धमा छन्।सारा कार्तिक आर्यनसँग निकट छिन् भने सुशान्त पनि रिया चक्रवर्तीसँग प्रेमसम्बन्धमा छन्।