अनुमति बिना “ सानी म्यासअप भर्सन ओ एस आर डिजिटल मार्फत सार्वजनिक भएपछि ओरिजिनल गायक मिडियामा भिडियो

हिजोआज कसैले सृजना गरेको कुरालाई अरू व्यक्तिले त्यस्तै नक्कल गरेर आफ्नो सिर्जना हो भनी झुठो नाम कमाउने गर्ने गरेको भेटिने गरेको छ । बौद्धिक सम्पत्तिको अनाधिकृत प्रयोगलाई जनमानसमा त्यति गम्भीर रुपमा लिइदैन । तर, अन्तर्राष्ट्रियस्तरमा हेर्ने हो भने यो निकै गम्भीर इस्यू मानिन्छ । कपिराइटको मुद्दामा करोडौं मात्र होइन, अरबौं क्षतिपूर्ति तिर्नुपरेका दृष्टान्तहरु विश्वमा धेरै छन् ।गीत निर्माणमा गीतकार, संगीतकारले सोच–विचार नपुर्‍याउँदा कतिपय गीत विवादित बन्न पुग्छन् ।

यसै वर्ष पनि गीत चोरीको आरोप लागेर केहि कलाकार चर्चा र विवादमा तानिए । यसैक्रमा नेपालको ठुलो डिजिटल कम्पनीका रुपमा रहेको ओ एस आर डिजिटल मार्फत सार्वजनिक गरिएको “ सानी बोलको गीतमा विवाद उत्पन्न भएको छ । ओ एस आर डिजिटल मार्फत सार्वजनिक हुने प्रत्येक गीतमा कम्पनीको पूर्ण डिजिटल राइट हुन्छ र कम्पनीले आधिकारिक गीत स्रस्टाको अनुमति लिएर मात्र अपलोड गर्ने गरेको छ ।

ओ एस आर कम्पनी मार्फत सर्वप्रथम जनवरी २९ ,२०१९ गायक सुदन गैरेको स्वर र संगीत रहेको “ सानी ू बोलको गीत सार्वजनिक गरिएको थियो । जुन गीत सोर्ता दर्शक विच लोकप्रिय छ । तर केहि दिन अघि मात्र सेप्टेम्बर ६ , २०१९ मा सुदिक्षा ढुंगेलको स्वरमा “ सानी सानी ू नाम दिएर दुरुस्त “ सानी गीतको नक्कल गरेर म्यासअप भर्सन निकालिएको छ , र गीतको संगीतकारमा माधव भण्डारीको नाम राखिएको छ ।

“ सानी गीतका ओरिजिनल गायक गैरेलाई न त कम्पनीका तर्फ बाट सोधिएको छ न गायिका ढुंगेलले नै गायक गैरे संग अनुमति लिएर गायकी हुन । म्यासअप भर्सन भनेर सार्वजनिक गरिएको भिडियोमा गायक गैरेलाई क्रेडिट समेत दिईएको छैन । ओरिजिनल गीत मात्रै सार्वजनिक गर्ने कम्पनीले यस्तो म्यासअप भर्सनलाई किन अनुमति दियो भनेर आफुलाई आश्चर्य लागेको गायक गैरे बताउछन । यस बारेमा बुझ्नका लागि कम्पनीलाई पत्राचार गरेको भएता पनि उत्तर आइसैको छैन । चित्त बुझ्ने सहमति नभए कपिराइट मुद्दामा जान सक्ने गायक गैरेले बताएका छन ।

हेर्नुहोस दुवैको गीतको भिडियो र आफै फरक छुट्यानुहोस ।