‘दबंग ३’को रिलिज मिति सार्ने मुडमा सलमान?

सलमान खानको प्रतिक्षित सिनेमा ‘दबंग ३’ को रिलिज मिति सर्ने भएको छ।

यसअघि सिनेमा यसैवर्षको डिसेम्बरमा २० मा रिलिज हुने तय भएको थियो। तर ‘इंशाअल्लाह’ सिनेमा सलमान नगर्ने भएपछि सलमान ‘दंबग ३’को रिलिज मिति सार्ने मुडमा पुगेको बताइन्छ।

‘इंशाअल्लाह’लाई ईदमा रिलिज गर्ने तयारीमा सलमान रहेकोमा अब सो सिनेमा नहुने भएपछि उनले सो मितिमा ‘दबंग ३’ रिलिज गर्ने सोच बनाइरहेको बताइन्छ।

त्यसो त सलमानले ईदको सो मितिमा आफू सिनेमा लिएर आउने भन्दै ‘किक २’को रिलिज हुनसक्ने पनि संकेत पनि गरेका थिए तर सिनेमाको कुनै सुरसार नै नभएकाले सलमानले आफ्नो प्रिय रिलिज मितिमा ‘दबंग’ रिलिज गर्ने चाहेको बताइन्छ।