‘द ह्वाइट टाइगर’मा प्रियंका र राजकुमार एकसाथ

प्रियंका चोपडा र राजकुमार राव एकसाथ पर्दामा आउने भएका छन्।

उनीहरू ‘द ह्वाइट टाइगर’मा एकसाथ आउन थालेका हुन्। डिजिटल माध्यममा रिलिज हुने सिनेमा अरविन्द अडिग लिखित सोही नामको पुरस्कृत उपन्यासमा आधारित हुनेछ।

रमीन बहरानीको निर्देशनमा बन्ने सिनेमाबाट आदर्श गौरवले डेब्यू गर्नेछन्। यसै सालको अन्तबाट छायाँकनमा जाने सिनेमालाई लिएर आफू अत्यन्तै उत्साहित रहेको प्रियंकाले बताएकी छन्।

उनले राजकुमार राव र रमीन बहरानीसँग काम गर्ने कुराले आफू अत्यन्त उत्साहित बताइन्।

यस सिनेमामा प्रियंका अभिनेत्रीसँगै कार्यकारी निर्माता पनि हुन्। यस सिनेमाले चिया पसलबाट ठूलो व्यापारीसम्म बनेको एक व्यक्तिको कथा पेस गर्छ। सिनेमालाई मुकुल देओरा र नेटफ्लिक्सले निर्माण गर्न लागेका हुन्।