ब्ल्याक प्यान्थरको सिक्वल २०२२ मे ६ मा रिलिज हुने

ब्ल्याक प्यान्थरको सिक्वयल सन् २०२२ मे ६ गते प्रदर्शनीमा आउने भएको छ। निर्देशक रायन कुगलरले उक्त फिल्मको मिति तेकेका हुन् तर फिल्मका बारे अन्य जानकारी भने सार्वजनिक भएको छैन।

सुपरहिरो ब्ल्याक प्यान्थरको सिक्वेल पहिलेको भन्दा बढी रोमाञ्चक र साहसिक हुने मार्भल स्टुडियोले जनाएको छ। फिल्म प्रदर्शनीका लागि आवस्यक मिति लिएर बनाइरहेको मार्भल स्टुडियोका प्रमुख केभिन फिजले बताए।

पहिलो फिल्मले ओस्करको उपाधि पाएको सफलतापछि त्यसलाई निरन्तरता दिन लागिएको हो। यो फिल्मले तीन वटा ओस्करको उपाधि हासिल गरेको थियो भने तीन विधामा नोमिनिमा सीमित रहेको थियो।