‘बाटला हाउस’को कमाइ सय करोड नजिक पुग्दा ‘मिशन मंगल’ २ सय करोड नजिक

अगस्ट १६ मा रिलिज भएको जोन अब्राहम स्टारर ‘बाटला हाउस’को कमाइ वक्सअफिसमा सय करोड नजिक पुग्दा सोही मितिमा रिलिज भएको अक्षय कुमार तथा विद्या बालन स्टारर ‘मिशन मंगल’को कमाइ दुई सय करोड भारू निकट पुगेको छ।

निखिल आडवाणी निर्देशित सिनेमाले रिलिजको १७ औं दिनसम्ममा ९५ करोड भारू कमाएको भारतीय संचारमाध्यमले जनाएका छन्। उनीहरूले हाल ९५ करोड भारू कमाइ गरेको सिनेमाले छिट्टै सय करोड छुने उल्लेख गरेका छन्।

यस्तै सोही मितिमा रिलिज भएको ‘मिशन मंगल’ले भने २ सय करोड भारूको निकट पुगेको छ। वक्सअफिस रिपोर्टका अनुसार सिनेमाले रिलिजको १७ औं दिनसम्म १७८.११ करोड भारू कमाइ गरिसकेको छ।