शाहिद, सलमान र अक्षयलाई पछि पारे प्रभासले, ३ दिनमा ‘साहो’को कमाइ २९४ करोड

भारतीय सिनेमाको कमाइ सम्बन्धित समाचारका लागि चर्चित ‘वक्सअफिस इण्डिया’का अनुसार आइतबार सर्वाधिक कमाइ गर्दै सिनेमाले ‘कबीर सिंह’, ‘मिशन मंगल’ तथा ‘भारत’को कमाइलाई पछाडि पार्दै रेकर्ड बनाएको हो।

सिनेमाले रिलिजको दिन भने हिन्दी संस्करणमा २४ करोड कमाएको थियो भने दोश्रो दिन शनिबार २५ करोड भारू कमाइ गरेको थियो। यस हिसाबले सिनेमाले ३ दिनमा ७९ करोड भारू कमाइ गरिसकेको छ।

यसैगरी सिनेमाले २ दिनमा विश्वव्यापी रूपमा २९४ करोड भारू कमाइ गरेको इण्डियन एक्सप्रेसले आफ्नो समाचारमा उल्लेख गरेको छ।

सिनेमा तेलेगु, तमिल, हिन्दी र मल्यालमगरी चार भाषामा रिलिज भएको थियो। ३५० करोडको सर्वाधिक महँगो बजेटमा तयार भएको भारतीय सिनेमा भनेर दाबी गरिएको सिनेमामा प्रभासका अलावा श्रद्धा कपुर, निल नितिन मुकेश, चंकी पांडे, मन्दिरा बेदी तथा महेश माझेंकरको प्रमुख अभिनय रहेको छ।