औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड २०७६ मनोनयन सार्वजनिक

औद्योगिक शान्ति नेपाल संस्थाद्वारा आयोजना गरिएको औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड २०७६ को विभिन्न २२ विधामा उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक भएको छ । २०७५ बैशाख देखि चैत मसान्तसम्म बजारमा आएका गीतहरुलाई समावेश गर्दै संस्थाले अवार्डको उत्कृष्ट पाँचको मनोनयन सार्वजनिक गरेको हो ।

विगत लामो समयदेखि मुलुकका विभिन्न ठाउँहरुमा औद्योगिक मेला महोत्सव तथा सांस्कृतिक कार्यक्रमहरु गर्दै पर्यटन तथा आर्थिक क्षेत्रमा क्रियाशील रहँदै आएको संस्थाले आफूसँग सहकार्य गर्दै आइरहेका कलाकारहरुको सम्मानमा अवार्डको आयोजना गरेको हो ।

आगामी भाद्र २५ गते राष्ट्रिय नाचघर जमलको प्रेक्षालयमा सम्पन्न हुन गइरहेको औद्योगिक शान्ति नेपाल म्यूजिक अवार्ड २०७६ अवसरमा गीतसंगीतमा साधनारत व्यक्तित्वहरुलाई समेत सम्मान गरिने भएको छ । जसअनुसार लाइफटाइम अचिभमेन्ट अवार्डद्वारा नेपालका फष्ट ड्रमर वरिष्ठ संगीतकर्मी देव रानालाई सम्मान गरिने आयोजक संस्थाका निर्देशक सूर्य चन्दले जानकारी दिएका छन् । त्यसैगरी रजत सम्मानबाट वरिष्ठ संगीतकार राजु सिंहलाई सम्मान गरिने भएको छ ।

त्यस्तै पत्रकारिता सम्मानबाट वरिष्ठ पत्रकार हरिहर विरहीलाई सम्मान गरिन लागिएको छ भने साथमा पत्रकार कृष्ण भुसाल, सोमप्रसाद बजगाईं शर्मा, किरण प्रसाद अधिकारी र कमला जोशीलाई समेत सम्मान गरिने भएको छ ।

उक्त कार्यक्रममा लामो समयदेखि योगदान पु¥याउने समाजसेवी, खेलाडी, व्यापारी र मेला महोत्सवमा निरन्तर साथ र सहयोग पु¥याउने कलाकारलाई पनि सम्मान गरिने निर्देशक चन्दले बताए ।