लमजुङ जेसिजको तिज शुभकामना आदान प्रदान कार्यक्रम

नेपाली महिलाहरुको महान चाड हरितालिका तिजको अबसरमा लमजुङ जेसिजले शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । शुक्राबार बेसीशहरको आदर्श महिला तथा बालकाविकास केन्द्रमा एक कार्यक्रमको आयोजना गरि लमजुङ जेसिजले शुभकामना आदान प्रदान गरेको हो ।

लमजुङ जेसिज वर्ष २०१९ का अध्यक्ष पायल शर्माको अध्यक्षतामा भएको कार्यक्रममा बेसीशहर नगरपालिकाका उप प्रमुख लक्ष्मि अधिकारीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले लमजुङ जेसिजले आदर्श महिला तथा बालविकास केन्द्रमा रहेका भाई बहिनिहरु सँग बसेर तिज शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेकोमा धन्यबाद ज्ञापन गर्नुभयो ।

पछिल्लो समय भड्किलो तरिकाले तिज मनाउदै आएकोमा लमजुङ जेसिजले सभ्य तरिकाले आदर्श महिला तथा बालबिकास केन्द्रमा रहेका भाई बहिनिहरुलाई तिजको झल्को दिने गरि कार्यक्रम गरेकोमा प्रशंसा गर्नुभयो ।

लमजुङ जेसिजका निवर्तमान अध्यक्ष अनुज अधिकारीले स्वागत गर्नुभएको कार्यक्रममा लमजुङ जेसिजका संस्थापक अध्यक्ष जमुना जोशी,बेसीशहर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष पवित्रा थापा राना,लायन्स क्लब लमजुङ का अध्यक्ष ताराराज घले, आदर्श महिला तथा बालविकास संस्थाका सचिब हुमा गुरुङ लगायतले शुभकामना व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा लमजुङ जेसिजका पदाधिकारीहरु,आदर्श महिला तथा बालविकास केन्द्रमा रहेका भाईबहिनिहरु को उपस्थिति रहेको थियो । शुभकामना आदान प्रदान पश्चात बाल विकास केन्द्रका भाईबहिनि र लमजुङ जेसिजका पदाधिकारीहरु विच सँगै दर खाएर खुसीयाली साटासाट गरेका थिए ।

लमजुङ जेसिजका महासचिब दिपेश अधिकारीले संचालन गर्नुभएको कार्यक्रममा कार्यकारीणी उपाध्यक्ष रहमतदिन मियाँले जेसिज आस्था पाठ बाचन गर्नुभएको थियो ।