यस कारण प्रभाषले अनस्क्रिन किसिङ सिन्स गर्दैनन्

साउथ फिल्म उद्योगका सुपरस्टार प्रभाषले विगतका वर्षहरुमा विभिन्न जान्राका फिल्महरुमा काम गरे । प्रभाषले फिल्ममा लभर ब्वाईको भूमिकामा पनि काम गरे । तर, बाहुबली फेम प्रभाषको पर्दामा किसिङ सिन्स भने अहिलेसम्म देखिएको छैन । प्रभाषले फिल्ममा किसिङ सिन नगर्नुको कारण खुलासा गरेका छन् ।

एक अन्तर्वाताको क्रममा प्रभाषलाई किसिङ सिन्सको बारेमा प्रश्न गरिएको थियो, जहाँ प्रभाष भने– ‘मलाई यस्तो सिन गर्न असहज महसुस गर्छु । सोही कारण मेरो रोमान्टिक फिल्ममा किसिङ सिन्स हुन्न ।’

त्यसोत, सबैलाई थाहा भएकै कुरा हो, अभिनेता प्रभाष निकै लजालु स्वभावका छन् । ‘साहो’ रिलिजमा आइसकेपछि प्रभाष अर्को एक रोमान्टिक ड्रामा फिल्ममा देखिदैछन् । उक्त फिल्ममा प्रभाषको लेडीलभको रुपमा अभिनेत्री पूजा हेग्डे हेनेछन् ।

यहि शुक्रबारबाट दर्शकमाझ रिलिजमा आउँदै गरेको ‘साहो’लाई हिन्दी भर्सनको सेन्सर बोर्डले बिना कट पास गरिदिएको छ । यो फिल्म दुई घण्टा ५१ मिनेट लामो छ । फिल्ममा प्रभाषको अपोजिटमा बलिउड अभिनेत्री श्रद्धा कपुर छन् ।