गायक सुशील गर्तौलाको स्वरमा रहेको ‘पहिलो यो माया’ बोलको नयाँ गीत सार्वजनिक

द भ्वाइस अफ नेपालको पहिलो सिजनबाट निकै चर्चामा आएका गायक सुशील गर्तौलाको स्वरमा रहेको ‘पहिलो यो माया’ बोलको नयाँ गीत सार्वजनिक भएको छ ।

सुशीलको स्वरमा रेकर्ड भएको यो पहिलो गीत हो । उक्त गीतमा धनबहादुर गोपली र श्री केसीको शब्द तथा संगीत रहेको छ ।

सुगम संगीतमा उनको स्वर निकै राम्रो भएको धेरैको प्रतिक्रिया थियो । द भ्वाइसको अडिसनमा पनि सुशीलले यसै गीतको केही अंश गाएका थिए ।

भिडियोमा निर्देशक प्रकाश धितालले निकै मेहनत गरेको देखिन्छ । भिडियोमा शेखर सुवेदी र समीक्षा पोखरेल फिचर छन् । उत्सव दाहालले खिचेको भिडियोलाई विकास दाहालले सम्पादन गरेका हुन् भने नृत्य निर्देशन सन्तोष राजबाहकको हेको छ ।

हेर्नुहोस् भिडियो