प्रभासको ‘साहो’ लाई १० हजार स्क्रिन, बाहुबलीको सबै रेकर्ड तोड्‍यो

दक्षिण भारतका सुपरस्टार प्रभास अभिनित चलचित्र ‘साहो’ ले प्रदर्शन अगाडि नै बलिउडका सबै रेकर्डहरु तोडेको छ। ३ सय ५० करोडको ठूलो बजेटमा बनेको साहोलाई देशभरमा ठूलो स्केलमा प्रदर्शन गर्ने तयारी गरिएको छ। रिपोटका अनुसार सोहोले स्क्रिन शेयरको विषयमा बाहुबली-२ र रजनीकान्तको ‘साइन्स फिक्सन’ चलचित्र २.० को रेकर्ड पनि तोडेको छ।

साहोले भारतमा १० हजार स्क्रीन पर प्रदर्शन गरिदैछ। केही ट्रेड रिपोर्टले अनुमान लगाएको छ की साहोले भारतमा पहिलो दिन ७५ करोडको व्यापार गर्नेछ। प्रभासको यो भन्दा अगाडि प्रदर्शन भएको चलचित्र ‘बाहुबलि – २’ ले विश्वभरमा ९ हजार स्क्रिन पाएको थियो। यस्तै रजनीकान्त र अक्षय कुमारको चलचित्र – २.० ले विश्वभरमा १० हजार स्क्रिन पाएको थियो।

साहोलाई अमेजनले ४० करोडको डिजिटल राइट्समा किनेको छ। यस्तै साहोलाई तेलुगू, मलयालम, तमिलले स्याटलाइट राइस्ट ७० करोड हिन्दी र हिन्दी राइट्स पनि ७० करोडमा बिकिसकेको छ। साहो चार भाषामा प्रदर्शनमा आउँदैछ। यसमा हिन्दी, तमिल, तेलुगु र मलयादम भाषा समावेश छन्। यो प्रभासको पहिलो बलिउड चलचित्र हो। प्रभासले पहिलो पटक आफैले हिन्दीमा बोलेका छन्। साहोमा प्रभाससँग श्रद्धा कपूर जोडि बनेका छन्।