सुटिङ्को २ दिन अगाडि रोकियो सलमान-आलियाको ‘इंशाअल्लाह’, यस्तो छ कारण

सलमान खान तथा आलिया भट्टको जोडी बाँधिएको ‘इंशाअल्लाह’ सुटिङमा जानु दुई दिन अगाडि स्थगीत भएको छ ।

सिनेमा बुधबारबाट छायाँकनमा जाने तयारीमा थियो।

निर्देशक संजय लीला भन्साली र सलमान खानको संयूक्त निर्माण रहने भनिएको सिनेमामा दुवैको विचार र समय नमिले पछि सिनेमा स्थगित भएको हो ।

दुबैले ट्वीटरमार्फत यसको पुष्टि गरेका छन्।

यसअघि सिनेमा आगामी ईदमा रिलिज हुने घोषणा भएको थियो। सलमानले अब यस मितिमा आफ्नो अर्को प्रतिक्षित सिनेमा ‘किक २’ ल्याउने घोषणा गरेका छन्।

सिनेमा एकसाथ नगर्ने भएपनि सलमानले आफूहरू साथीहरू नै रहेको र रहिरहने बताए।उनले संजयको आफ्नो सिनेमाप्रतिको इमानदारीलाई आफूले सम्मान गर्ने बताएका छन्।

सलमानले यस्तो प्रतिक्रिया जनाएपनि संजयले भने सिनेमा स्थगीत भएको पुष्टि गर्ने बाहेक अन्य प्रतिक्रिया जनाएका छैनन्। भारतीय संचारमाध्यमका अनुसार संजयले यस सिनेमालाई थाती राख्दै अर्को सिनेमामा ध्यान केन्द्रित गरेको जनाएका छन्।