यस्तो छ प्रेम गीत ३ को ग्रान्ड पब्लिसिटी कन्सेप्ट, यसपछि सन्तोष सेन कमेडी फिल्म बनाउदै भिडियो सहित

ईटहरीर नेपालि सिने उधोगमा लगातार सुपरहिट फिल्म दिई रहेका निर्माता सन्तोष सेन यतिबेला प्रेम गीत ३ को तयारिमा जुटेका छन् । प्रेम गीत, प्रेम गीत २ पछि यसको सिक्यलको रुपमा निर्माण गर्ने गयारी गरिरहेका निर्माता सन्तोस सेनले अहिले फिल्मको लागि सम्पुर्ण कलाकार तयार गरेर दसै पछि छायांकनमा निस्कने बताएका छन् । निक्कै नै ठुलो प्रोजेक्ट उनले यो फिल्मलाई मानेका छन् । हेर्नुस उनै सन्तोष सेन संग गरिएको केहि बिशेष कुराकानी ।

फिल्मको उनले अफिसियल्ली रुपमा अहिले उनले कुनै किसिमको प्रचारप्रसार गरेका छैनन् तर पनि प्रेम गीत ३ को चर्चा ब्यापक बनिसकेको छ । नायिका छनौटले नै प्रेम गीत ३ को हाईपलाई व्हात्तै बढाएको बुझ्न सकिन्छ । प्रेम गित ३ फिल्मको लागि कलाकार छान्नमा सेनाले निकै मेहेनत गरेका छन् ।

प्रेम गित ३ एक्सन लभस्टोरी जनारामा बन्ने फिल्म हो । यो फिल्ममा सेनले भिएफ़ेक्सलाई भन्दा पनि रियालिटि सिनालाई महत्त्व दिदै कलाकारहरुलाई दिनरात मेहनतका लागि उर्जा दिइरहेको बताए । प्रेम गीत ३ पश्चात उनले लगतै कमेडी फिल्म बनाउने बताएका छन् । फिल्मको नाम उनले नभने पनि योङ्ग स्टारलाई मध्यनजर गरेर कमेडी जनाराको फिल्म निर्माण गर्ने कुराकानीमा सुनाए । यस्तै प्रेम गीत ३ को लागि यो पटक पब्लिसिटिको कन्सेप्ट पनि फरक र भब्य बनाउने तयारीमा जुटेको उनले बताए ।