केन्द्रिय भवन निर्माणको लागि प्रतिष्ठान लमजुङद्धारा २६ हजार १ सय २५ रुपैयाँ सहयोग

राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपालको काठमान्डौमा निर्माण भइरहेको केन्द्रिय भवनको लागि प्रतिष्ठान जिल्ला साखा लमजुङले पनि सहयोग गरेको छ । केन्द्रिय भवन निर्माणका लागि प्रतिष्ठान लमजुङले नगद रु २६ हजार १ सय २५ रुपैयाँ सहयोग गरेको हो ।

केन्द्रको भवन निर्माणमा ठुलो रकम सहयोग गर्न नसकेपनि सहभागिता मुलक शाखाले सकेको सहयोग उपलब्ध गराएको प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारीले बताउनुभयो । एविसि टेलिभिजनको लोकप्रिय कार्यक्रम ईन्द्रेणी कार्यक्रम मार्फत सहयोग गरिएको प्रतिष्ठान लमजुङले जनाएको छ ।

लोक दोहोरी प्रतिष्ठान नेपाल प्रदेश नं ६ का संयोजक समेत रहनुभएका ईन्द्रेणी कार्यक्रमका संचालक कृष्ण कँडेललाई प्रतिष्ठान लमजुङका अध्यक्ष अनुज अधिकारीले सोही रकम हस्तान्तरण गर्नुभएको थियो । सहयोग रकम हस्तान्तरण कार्यक्रममा लोक दोहोरी प्रतिष्ठान लमजुङका कार्यसमितिका सवै पदाधिकारी र जिल्लाका अग्रज देखि अनुज कलाकार सम्मको सक्रिया सहभागिता रहेको थियो ।

भवन निर्माणका लागि आर्थिक रकम सहयोग गर्नुका साथै प्रतिष्ठान जिल्ला शाखा लमजुङका कलाकारहरुले लमजुङको मौलीक गित ठाडो भाका , लोक गित र दोहोरी गित समेत प्रस्तुत गरिएको थियो । भवन निर्माणमा सहयोग गर्नका लागी प्रतिष्ठान लमजुङको सिंगो समुह काठमान्डौ पुगेको थियो ।