डीबी , बसन्त र लक्कीको सहकार्यमा आज पनि तिम्रो याद रिलिज भिडियो

ल्भधक स् गायक डीबी तामाङ नेपाली संगीतमा नयाँ नाम पक्कै होइन । गायक तामाङले सन् २०१४ मा एउटा तारा नामक एल्बम सार्वजनिक गरिसकेका छन् । तेस्पश्चात सन् २०१५ उनले बुद्द संदेश भाग २ सार्वजनिक गरेका थिए । उनले गाएका उहिले हामी , निलो निलो , तिमी बिना बोलका गीतहरु सोर्ता दर्शकले सुनिसकेका छन् ।

हाल अमेरिकामा भएका गायक तामाङले केहि दिन अघि मात्रै आज पनि तिम्रो याद ू बोलको नयाँ म्युजिक भिडियो सार्वजनिक गरेका छन् । आज पनि तिम्रो याद बोलको सेण्टिमेन्टल भर्सनको यस गीतमा स्वर डीबी तामाङको रहेको छ भने शब्द लक्की राशिको रहेको छ । गीतमा संगीत चर्चित संगीतकार बसन्त सापकोटाको रहेको छ । गीतको एरेञ्ज्मेण्ट साहस शाक्यले गरेका हुन ।

रमणीय ठाउमा छायांकन गरिएको यस गीतको भिडियोलाई बाशु बरालले खिचेका हुन । बिष्णु खड्काले भिडियो सम्पादन गरेका हुन । कमल सिंह , चन्दा दहाल , आकाश ईडोको अभिनय रहेको भिडियोलाई बिक्रम दहालले निर्देशन गरेका हुन । सन् २०१९ मा आफ्नो नयाँ एल्बम सार्वजनिक गर्ने तयारीमा रहेका गायक तामाङको आफ्नै अफिसीएल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।

Youtube Link : https://youtu.be/ZF-vGqoISOA