‘सोच’को ट्रेलरमापुजनको एक्शन,नीता र प्रज्वलको प्रेम

एक्शनलभस्टोरी फिल्म ‘सोच’को ट्रेलर बुधबार सार्वजनीकगरिएको छ । भदौ २० गते एकलप्रदर्शनमाआउने तयारीमा रहेको फिल्मको ट्रेलरमाप्रज्वलगिरी, नीता ढुंगाना र नवनायकपुजन सिंहबीचको प्रेम र द्धन्द्धको सेरोफेरो देखिन्छ ।

केही समयअघिटिजर र एउटागीत सार्वजनीकगरिएको फिल्मलाई पुजन सिंह (प्रभाकर प्रकाश) ले निर्देशन गरेकाहुन् । पुजनकै कथा रहेको फिल्मको निर्मातामागंगा रजक र एसडी रहेकाछन् । सोच फिल्मस् प्रोडक्शनएण्डडिस्ट्रिब्युटर्सको ब्यानरमानिर्मित फिल्मलाई बिदुर पाण्डेले खिचेकाहुन् ।

कृष्णआचार्यको पटकथा,सम्वाद रहेको फिल्ममाएनबिमहर्जनको द्धन्द्ध, रामजीलामीछाने र प्रभाकर प्रकाशको कोरियोग्राफी, डिजे एलएक्सको संगीत र प्रितमपाण्डेको सम्पादनछ । उत्तम केसी, बिशालपहाडी,सोनीका,किरणथापा, रितेश श्रेष्ठलगायतकाकलाकारको समेत अभिनय रहेको फिल्म भरपुर मनोरञ्जकबनेको निर्देशकपुजनबताउछन् । ‘सोच’लाई आरआर फिल्मस्ले बितरणगर्दैछ ।