विवाह गरेको एक वर्ष नपुग्दै छुट्टिए माइली र लिएम

हलिउड अभिनेत्री माइली साइरस तथा अभिनेता लिएम हेम्सवर्थको वैवाहिक जीवन एक वर्ष नपुग्दै टुटेको छ।

दुबैले आपसी समझदारीमा छुट्टिने निर्णय गरेका हुन्। दुबैले आफ्नो करियरमा ध्यान दिने भन्दै वैवाहिक जीवन टुङ्ग्याउने निर्णय गरेको बताइन्छ। दुबैले सन् २०१८ को डिसेम्बरमा विवाह गरेका थिए।

माइली साइरस अभिनेत्रीसँगै कुशल गायिकासमेत हुन्।