परानै दिन्छु पछि सयौ कारण सहित आए प्रलाद शाह भिडियो

ल्भधक स् पछिल्लो समयमा राम्रा र स्तरिय गीत सुन्न नपाएको धेरै स्रोता र दर्शकको गुनासो छ । हुनत राम्रा गीत संगीत नआएको पनि होइन तर पहिले भन्दा केहि कम भएकै हो । प्रविधिको बिकाश संगै सजिलै उपलब्ध रेकर्डिङ्ग स्टुडियो र हतारमा हिट हुन् खोज्ने गायक , संगीतकारका कारण सस्तो साधारण गीतहरु आइरहेका छन् ।

यस्तैबिचमा लोकप्रिय गायक, अब्बल संगीतकार , उत्कृस्ट शब्द रचना गर्ने गीतकारको सहकार्यमा एउटा उत्कृस्ट गीत सयौ कारण सार्वजनिक भएको छ । यस गीतमा स्वर लोकप्रिय गायक रामकृष्ण ढकालको रहेको छ । गीतमा संगीत भर्ने काम चर्चित संगीतकार हरि लम्सालले गरेका हुन भने गीतका शब्द प्रलाद शाहले लेखेका हुन् । गीतको संगीत संयोजन रिकेश गुरुङले गरेका हुन ।

हाल लिरिकल भर्सनमा उपलब्ध यस गीतको म्युजिक भिडियो चाडै सार्वजनिक गर्ने तयारीमा भैरहेको छ । फराज अर्पणले तयार पारेको लिरिकल भिडियोलाई भाका इन्टरटेन्मेण्टको अफिसिएल युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

Youtube Link : https://youtu.be/WmkJaRIV0fg