अहिलेसम्म कसैले पनि थाहा नपाएको सोनाक्षीको यो राज

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा त्यस्ती अभिनेत्री हुन् जो आफ्नो निजी जीवनका विषयमा धेरै कुरा गर्न रुचाउँदिनन्। सोनाक्षी विगत नौ वर्षदेखि बलिउड फिल्म उद्योगमा सक्रिय छिन्। तर उनले हालसम्म कुनै पनि को–स्टारसँग डेटिङ गरेको समाचार सार्वजनिक भएको छैन।

केही दिन अगाडि सोनाक्षीले आफ्नो विगतलाई लिएर ठूलो खुलासा गरेकी छन्। उनले आफूले एक सेलिब्रेटीसँग डेट गरिसकेको खुलासा गरेकी छन्। तर उनको यो लभ अफेयरका विषयमा कसैले पनि सुइँको सम्म पनि पाएनन्।

भारतीय संचारमाध्यमका अनुसार सोनाक्षीले केही दिन अगाडि एक च्याट शोका क्रममा फिल्म उद्योगका कोसँग डेटिङ गर्नु भएको छ भनेर सोधिएको थियो। जवाफमा सोनाक्षीले आफ्ना आमा बुवाले कुनै सुशील युवकसँग डेट गरोस भन्ने चाहेको तर आफूले आमा बुवाले भनेजस्तो युवक नभेट्टाएको बताइन्।

तर योबीचमा उनले बलिउडका एक स्टारसँग आफूले डेट गरेको सुनाइन्। यद्यपी उनले ती स्टारको नाम भने बताइनन्। उनले प्रेममा परेपछि कुनै जालझेल आफूलाई मन नपर्ने उनको भनाइ थियो। केही समय अगाडि सोनाक्षीले बन्टी सजदेहसँग डेट गरिरहेको समाचारा सार्वजनिक हुने गरेका थिए।

तर सोनााक्षीले उक्त भनाइलाई अस्वीकार गरेकी छन्। उनले आफूले विवाह गर्ने भएपछि उक्त कुरा सबैलाई खुलेर बताउनेसमेत बताइन्। उनले अहिले आफू काममा व्यस्त भएका कारण विवाहको विषयमा सोच्न नभ्याएको बताइन्।