जन्मदिनमा प्रियंकाको यो कस्तो हुलिया ?

बलिउड अभिनेत्री प्रियंका चोपडाले १८ जुलाइमा आफ्नो जन्मदिन भव्य रुपमा मनाइन् । पार्टीमा प्रियंकाको सिउँदोमा सिन्दूर देखियो । सामाजिक संजालमा उनको जन्मदिनका तस्वीर भाइरल भइरहेका छन् ।

क्रिस्चियन निकसँग विवाह गरेकी प्रियंकाले जन्मदिनमा पश्चिमा कपडा नै लगाएकी थिइन् तर उनको सिउँदोमा पूर्वीय सभ्यताको सिन्दूर देखिएपछि धेरैले प्रश्न उठाएका छन् । सामाजिक संजालमा या त पूरै पूर्वीय या पूरै पश्चिमा बनेको भए हुने भन्ने चर्चा छ । यतिमात्र होइन प्रियंकाले यस्तो ड्रेस लगाएकी थिइन् कि उनले भित्री वस्त्र नलगाएको प्रस्टै थाहा हुन्थ्यो ।