कमेडियन कपिल शर्माको घरमा भीषण आगलागी !

कमेडियन कपिल शर्माको मुम्बइस्थित अपार्टमेन्टमा भीषण आगो लागेको छ । यो बिल्डिङमा कपिलको अपार्टमेन्ट चौथो तलामा छ । आगलागीको समय घरमा कोही नभएकोले मानवीय क्षति भने नभएको बताइएको छ । मिड डेको रिपोर्टअनुसार आगो किचनबाट सुरु भएको थियो ।

स्थानीयले अग्नी नियन्त्रकलाई आगो लागेको सूचना दिएपछि आएका अग्नी नियन्त्रकले आधा घण्टामा आगो नियन्त्रणमा लिएको बताइएको छ । आगलागीको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ ।