यी ६ अभिनेत्री, जसको बोल्ड सीन लिक भयो

केही समय अगाडि अभिनेत्री राधिका आप्टेको नयाँ फिल्मको इन्टिमेट सीन समाजिक संजालमा लिक भयो। यो सीनको तस्वीर समाजिक संजालमा रातारात भाइरल बन्यो। आफ्नो तस्वीर सामाजिक संजालमा लिक भएको थाहा पाएपछि राधिका आप्टे आक्रोशित बनिन्।

उनले उक्त फिल्ममा धेरै सीन भएको तर यो सीन लिक हुनुको पछाडि मानिसको खराब सोच रहेको बताइन्। यो सीनमा देव पटेल पनि छन्। तर चर्चामा मात्र राधिका छिन्। राधिकाले देव पटेलको चर्चा नभएर आफ्नो मात्र किन चर्चा गरिएको भन्दै आक्रोश पोखेकी छन्। राधिकाको मात्रै नभएर अन्य बलिउड अभिनेत्रीको पनि इन्टीमेट सीन इन्टरनेटमा लिक भएका छन्।

फिल्म लिपस्टिक अण्डर माइ बुर्काबाट फिल्म अभिनेत्री अहाना कुमराको इन्टीमेट सीन लिक भएको थियो। अहाना मात्र होइन यो फिल्ममा अन्य कलाकारको पनि बोल्ड सीन लिक भएको थियो। इन्टीमेट सीन लिकमात्रै होइन, यो फिल्मनै इन्टरनेटमा लिक भएको थियो।

नवाजुद्धीन सिद्दीकीको फिल्म बाबुमोशाय बन्दुकबाजबाट अभिनेत्री बिदिता बागको पनि केही बोल्ड सीन लिक भएको थियो। यो फिल्म पनि रिलीज हुनु भन्दा पहिला नै इन्टरनेटमा लिक भएको थियो।

फिल्म अनारकली अफ आरामा अभिनेत्री स्वरा भाष्करको एक सीन लिक भएको थियो। उक्त सीनमा स्वरा भाष्कर आफ्नो कपडा फेर्दै गरेको देखिएको थियो। यो फिल्मको अर्को एक बोल्ड सीन पनि लिक भएको थियो।

चर्चित पेन्टर राजा रवि वर्माको जीवनमा आधारित फिल्म रंगरसियामा रणदीप हुड्डा र नन्दता सेनको एउटा बोल्ड सीन लिक भएको थियो। यो सीनले फिल्मलाई चर्चामा ल्याएको थियो। त्यसपछि यो फिल्ममा अन्य कयौं बोल्ड सीन लिक भएका थिए।

साहब बीबी र ग्याङस्टारमा अभिनेत्री माही गिल र रणदीप हुड्डाको एक इन्टीमेट सीन लिक भएको थियो। त्यसपछि फिल्मका अन्य सीन पनि लिक भएका थिए।