‘हट नायिका’ को उपाधि पाएकी वाणीले बिकिनी लगाउन नमान्दा करोडौंको घाटा

बलिउड अभिनेत्री वाणी कपुरको अभिनय फिल्म ‘वार’ मा हेर्न पाइने भएको छ। केही दिन अगाडि मात्रै यो फिल्मको ट्रेलर सार्वजनिक गरिएको थियो। ट्रेलसमा वाणीलाई बिकिनीमा देखिएको थियो। उनले पछिल्लो फिल्म ‘बेफिक्रे’ मा पनि बिकिनी लगाएकी थिइन्।

अब वाणी कपुर आफ्नो छवि परिवर्तन गर्न चाहन्छिन्। यद्यपी आफ्नो छवि परिवर्तन गर्दा उनले नोक्सान व्यहोर्नु पर्ने भारतीय संचारमाध्यमले जनाएका छन्।

वाणी कपुरको हातबाट एउटा ठूलो ब्राण्डको प्रमोट गर्ने अवसर गुमेको छ। त्यसको कारण वाणीले बिकिनी लगाउन अस्वीकार गर्नु थियो। भारतीय संचारमाध्यमका अनुसार वाणीलाई एक ठूलो स्किनकेयर प्रोडक्ट कम्पनीले आफ्नो उत्पादनको प्रमोट गर्न अफर गरेको थियो। विज्ञापन बनाउने निर्देशकले विज्ञापनमा मोडलले बिकिनी लगाउनु पर्ने बताए। वाणीलाई उक्त विज्ञापनमा बिकिनी लगाउन प्रस्ताव गरेपनि उनले अस्वीकार गरेकी हुन्।

वाणी कपुरलाई अहिलेसम्म यशराज ब्यानरभन्दा बाहिर कसैले काम दिएका छैनन्। जबकी उनी बलिउडमा प्रवेश गरेको पाँच वर्ष भन्दा धेरै भइसकेको छ। यशराजसँग काम गर्ने नयाँ अभिनेत्रीले तीन फिल्मलागि सम्झौता गर्नुपर्ने बताइएको छ। यही कारण यशराजसँग उनको यो अन्तिम फिल्म हुने बताइएको छ।