विश्व सिनेमाको इतिहासमा पहिलो पटक आर्कटिक सर्किलमा शुटिङ भएको यो फिल्म (भिडियो)

बलिउड अभिनेता ऋतिक रोशन र टाइगर श्राफको फिल्म ‘वार’ को टीजरलाई निकै रुचाइएको छ। तर यो फिल्मसँग अर्को एउटा विषय पनि जोडिएको छ। वार विश्व सिनेमाको इतिहासको पहिलो यस्तो फिल्म हो जसलाई आर्कटिक सर्किलमा शुट गरिएको छ।

ऋतिक र टाइगरको एउटा फाइटको सीन फिनल्याण्डमा शुटिङ गरिएको छ। यो सिन बरफमा कुदिरहको एड्रिनालाइन पम्पिङ कारसँग यो सीन शुटिङ गरिएको हो। फिनल्याण्डको यो भाग आर्कटिक सर्कलमा आउँछ।

फिल्म वारका निर्देशक सिद्धार्थले भने– हामी सुरुदेखि नै स्पष्ट भिजनसँग काम गरिरहेका थियौं। तर हामीले भारतीय दर्शकलाई यस्तो एक्शन सीन देखाउनु थियो, जुन पहिले कहिल्यै देखिएको थिएन। फिल्ममा यो कार सीक्वेन्स निकै लामो छ। हामीलाई हाम्रो निर्माण पक्षले दिएको जानकारी अनुसार यो विश्वको पहिलो यस्तोफिल्म हो जो, आर्कटिकमा एक्शन सीन शुटिङ भएको हो।,’

यो सीन देख्दा जति अद्भुत छ, तर शुटिङको समयमा निकै खतरनाक थियो। फिल्ममा एक्शन निर्देशक पल जेनिंग्सले बरफमा यो एक्शन सीनलाई शुटिङ गर्न निकै सहयोग गरेका थिए। वाणी कपुर, ऋतिक रोशन र टाइगर श्राफ अभिनित यो फिल्म २ अक्टोबरमा तीन भाषा, हिन्दी, तमिल र तेलुगू मा रिलीज हुँदैछ।