८ मिनेटको फाइट सिनमा ७० करोड खर्च !

‘बाहुबली’ सिरिजबाट आफ्नो लोकप्रियतालाई चुलीमा लगेका प्रभास स्टारर नयाँ सिनेमा ‘साहो’ रिलिजको क्रममा रहेको छ।

‘बाहुबली’ जस्तो भब्य सिनेमामा काम गरेका प्रभासको ‘साहो’ घोषणा भएदेखि नै चर्चामा छ। बाहुबलीजस्तै बिग बजेटको सिनेमाको हालै रिलिज भएको टिजरले सिनेमा हलिउड शैलीमा बनाइएको देखाएको छ।

यस्तैमा सिनेमाको ८ मिनेट लामो फाइटको दृश्यका लागि खर्च भएको रकम सुन्दा सिनेमाले ‘बाहुबली’बाट प्राप्त चर्चालाई थप गर्ने देखाएको छ।

समाचारमा अनुसार ८ मिनेटको सो दृश्य खिच्न लगभग बलिउडको एउटा हाइबजेट सिनेमा बनाउन लाग्ने पैसा खर्च गरिएको छ। सो दृश्य खिच्न ७० करोड भारू खर्च भएको दाबी छ।

भारतीय मिडियाहरूले सिनेमाका सिनेम्याटोग्राफरको हवाला दिदैं उक्त समाचार लेखेका हुन्। आबुधावीमा खिचिएको सो एक्सन दृश्यका लागि ७० करोड भारू खर्च भएको छ।