भारत फिल्मपछि सुनील ग्रोवरको महिला फ्यान बढे

ख्यातीप्राप्त हाँस्यअभिनेता सुनील ग्रोवरको ‘भारत’ फिल्ममा गरेको अभिनयपछि करियर थप मजबुत भएको छ । ‘गुत्थी’ र ‘मिस्टर गुलाटी’को चरित्रमा निकै जमेका सुनील ग्रोवर सलमान खानको फिल्म ‘भारत’मा सलमानको साथीको भूमिकामा देखिएपछि उनको अभिनयको दर्शकले निकै तारिफ गरेका छन् ।

‘भारत’ फिल्ममा अभिनय गरेपछि पहिले भन्दा थप फ्यान बढेको सुनिल स्वयं स्विकार्छन् । उनले एक अन्तर्वार्ता दिने क्रममा ‘भारत’ फिल्म पछि महिला फ्यान बढेको बताएका छन् । महिलाहरुले ‘भारत’ फिल्ममा उनले गरेको अभिनय अत्यन्त राम्रो र निकै ह्यान्डसम देखिएको भन्दै फोन तथा म्यासेज पठाउने गरेको बताएका छन् ।

उनले महिलाहरुको चासो र हेराईमा पर्न सक्नु निकै रमाइलो हुने अभिब्यक्ती दिएका छन् ।