पत्रकारसँग विवाद गर्नु कंगनालाई भारी पर्यो, मिडियाले दिए यस्तो सजाय

केही दिनअघि एक जना पत्रकारसँग आफ्नो बारेमा नराम्रो लेखेको भन्दै विवाद गरेकी बलिउड अभिनेत्री कंगना रनोटलाई यो विवाद भारी परेको छ । विवादपछि एकता कपुरले मिडियासँग माफी मागेकी थिइन् तर कंगनाले कुनै हालतमा माफी नमाग्ने अडान लिइन् । यही अडानका कारण कंगनालाई आपत पर्यो ।

शनिबार राती मुम्बइमा कंगनाको आगामी फिल्म ‘जजमेंटल है क्या’को एउटा ठूलो कार्यक्रम आयोजना गरिएको थियो । यो कार्यक्रममा कंगना र एकता कपूर दुवै उपस्थित थिए । कार्यक्रमका लागि सबै मिडियालाई बोलाइएको थियो । तर, कंगनाको अडानका कारण मिडियाले कंगनालाई बहिष्कार गर्ने निर्णय गरेकोले त्यहाँ मिडिया नै पुगेनन् ।

अन्ततः कुनै पनि मिडिया नआएपछि कंगनाले कार्यक्रम नै रद्द गर्नुपर्यो । मिडिया नपुगेपछि कार्यक्रम रद्द गरियो तर कार्यक्रम रद्द गर्दा कंगना बिरामी भएको बहाना बनाइयो ।