ऋतिकको सुपर ३० को बम्पर ओपनिङ, पहिलो दिन नै धमाकेदार कमाइ

ऋतिक रोशनको बहुप्रतिक्षित फिल्म सुपर ३० ले बक्स अफिसमा बम्पर ओपनिङ गरेको छ । फिल्मलाई सेलिब्रेटी र दर्शकले राम्रो रेटिङ दिएका छन् । फिल्मले पहिलो दिन १२ करोड कमाइ गरेको छ । फिल्मप्रति आएको प्रतिक्रिया हेर्दा यो फिल्मले विकेण्डमा राम्रो कमाइ गर्ने देखिएको छ ।

यो शुक्रबार अरु कुनै ठूला फिल्म रिलिज नभएकोले यो फिल्मराई राम्रो फाइदा हुने देखिएको छ । फिल्मको बजेट करिब ८५ करोड बताइएको छ । फिल्ममा ऋतिक रोशनले गणितज्ञ आनन्द कुमारको भूमिका गरेका छन् । यो वास्तविकतामा आधारित फिल्म हो । फिल्मलाई विकास बहलले निर्देशन गरेका हुन् ।