गर्भमा थिइन् आलिया, एकपछि अर्को चुरोट पिइरहेकी थिइन् आमा सोनी

बलिउड अभिनेत्री आलिया भट्टकी आमा तथा कुनै बेलाकी चर्चित अभिनेत्री सोनी राजदानको एउटा ट्विट यतिबेला समाजिक संजालमा निकै भाइरल भइरहेको छ। उक्त ट्विटमा सोनीले त्यति बेलाको समय स्मरण गरेकी छन् जतिबेला आलिया उनको गर्भमा थिइन्।

सोनीले सिनेमा रेयरको ट्वीटलाई रिट्वट गर्दै लेखेकी छन्–मलाइ मन पर्ने फिल्म मध्येको एक र यो भूमिकामा मलाइ निकै मन पराइएको थियो। श्रीदेवीसँग काम गर्नु एउटा राम्रो अनुभव थियो। त्यो समयको केही राम्रो सम्झना। त्यो बेला म प्रेग्नेन्ट (आलिया भट्ट गर्भमा थिइन्) थिएँ र मलाइ यो विषयको जानकारी थिएन। एक सिनका क्रममा मैलै धेरै चुरोट पिउनु परेको थियो।’

सोनीले १९९३ मा रिलीज भएको फिल्म ‘गुमराह’ को सन्दर्भ उल्लेख गरेकी हुन्। यो फिल्ममा सोनी राजदान, श्रीदेवी र संजय दत्तको मुख्य भूमिका थियो।