कपिल शर्माको नयाँ अवतार, भिडियो भाइरल

‘द कपिल शर्मा शो’ मा कमेडी किङ कपिल शर्माका विभिन्न ‘अवतार’ देख्न पाइन्छ। यो पटकको विकेण्डमा कपिल शर्मा नयाँ अवतारमा आउने भएका छन्। कपिलले ट्विटर एकाउन्टमा एउटा तस्वीर शेयर गरेका छन् जसमा कपिल शर्मा उस्ताद मिडियम बेगुन अली खान साहिब बनेका छन्।

कपिल शर्माको पूरै टीमले यो पटक कौवाली टीम तयार बनाएका छन्। यसको प्रमुख कपिल शर्मा बनेका छन्। कालो कुर्ता पाइजामा, सुनौलो रङको टोपी लगाएका कपिलको हातमा रुमाल देखिन्छ।

यस्तो गेटअपमा कपिलले गरेको डान्स यतिबेला भाइरल भएको छ। कपिल शर्माले आउने नयाँ एपिसोडको एक झलक शेयर गरेका छन्। यसमा कपिलले मस्ती गरेको देख्न सकिन्छ।