चलचित्र ‘एकलब्य’को ट्रेलर सार्वजानिक

आगामी साउन १० बाट देशव्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘एकलब्य’को ट्रेलर सोमबार दिउँसो सार्वजनिक गरिएको छ । ट्रेलर हेर्दा एक्सन प्रधान देखिने एकलब्यलाई अनमोल शर्माले निर्देशन गरेका हुन । दर्जन भन्दा बढी चलचित्रमा मुख्य सहायक निर्देशक भएर काम गरिसकेका शर्माको यो डेब्यु निर्देशन हो । ट्रेलरमा गुण्डागर्दी, अपहरण, हत्या,भ्रस्टाचारजस्ता अहिलेका विविध समस्यालाई प्रस्तुत गरिएको छ ।

यसका निर्देशक शर्माका अनुसार एकलव्य समसामयिक बिषयमा निर्माण गरिको सामाजिक प्रेम कथामा आधारित चलचित्र हो । यसमा फिल्मका अभिनेताद्धय सोनाम थापा मगर र पुष्कर राउतको एक्सन शसक्त छ । चलचित्रमा सोनम थापामगर, पुष्कर राउत, ओसिन भट्टराई, महिला सिलवाल, शुशिल पोखरेल, शुष्मा कार्की, राजेन्द्र दुलाल, बिराग लोगुनसहितको अभिनय रहेको छ । एकलब्यलाई राजेन्द्र दुलाल, सोनाम थापामगर र अभी थापामगरले निर्माण गरेका हुन् ।

यो चलचित्रमा कृष्ण श्रेष्ठको छायाँकन, अर्जुन जिसीको सम्पादन, कविराज गहतराज र रामजी लामिछोनेको कोरियोग्राफी, राजेन्द्र बजगाईंको गीत÷संगीत, भोजराज देवकोटाको पटकथा सम्बाद रहेको छ ।चलचित्रको प्रदर्शनी मिति नजिकिँदै गर्दा यसको ट्रेलर सोमबार रिलिज गरिएको हो । दुई साता अघि यो चलचित्रको ‘पूर्वै चल्नेया रेल’को भिडियो रिलिज गरिएको थियो । रामचन्द्र काफ्ले र जुनु रिजालको स्वरमा रहेको लोक लयमा आधारित यो गीतको भिडियोलाई दर्शकले मन पराएका छन् ।