कौन बनेगा करोडपतिः कपिल शर्माका कारण अमिताभ बच्चनले नयाँ सेट खोज्नु परिरहेछ

अमिताभ बच्चन छिट्टै कौन बनेगा करोडपतिको ११ औं सिजन लिएर सानो पर्दामा आउँदैछन् । दंगल फेम निर्देशक नितीश तिवारी शोको तयारी गरिरहेका छन् । अर्कोतर्फ निर्माण टिमलाई शुटिङको लागि नयाँ सेट खोज्नुपर्ने भएको छ । जानकारीअनुसार यो सिजनका लागि नयाँ सेट बनाउनु पर्नेछ किनकि पुरानो सेटमा कपिल शर्माले आफ्नो शोको शुटिङ गरिरहेका छन् ।

दुई वर्ष पहिले अमिताभ र कपिल फिल्मसिटीका छुट्टाछुट्टै सेटमा सुटिङ गर्थे । तर जब कपिल शर्माको शो रोकियो त्यसपछि उनको सेट अर्कै शोको लागि प्रयोग गर्न थालियो । कपिल एक वर्षपछि फर्किए । त्यसपछि कपिलले अमिताभको सेटमा सुटिङ गर्न थाले । त्यतिबेला अमिताभले कौन बनेगा करोडपति १० को सुटिङ पूरा गरिसकेका थिए । विगत कैयौं सिजन केबीसी सुटिङ भएको सेटमा अहिले कपिलले सुटिङ गरिरहेका छन् ।