द भ्वाइसमा अटाएनन् सनुप र अभया

‘द भ्वाइस अफ नेपाल’ सिजन २ मा कोचको रुपमा सनुप र अभयाको ठाउमा राजु लामा र आस्था राउतको इन्ट्री भएको छ । यस शोमा कोचहरुको बदलाबसँगै टेलिभिजनको च्यानल पनि परिवर्तन गरिएको छ । पहिलो सिजन कान्तिपुर टेलिभिजनमा प्रशारण भएको यो शो दोस्रो सिजन हिमालय टेलिभिनबाट प्रशासन हुने भएको छ ।

नेपालमा सुरु भएको रियालिटी शो द भ्वाइसको दोस्रो संस्करणमा पहिलो संस्कारका कोचका रुपमा रहेका सनुप पौडेल र अभया सुब्बाको स्थानमा राजु लामा र आस्था राउतलाई इन्ट्री गराइएको हो । पहिलो सिजनमा रहेका कोचहरु प्रमोद खरेल र दीप श्रेष्ठले निरन्तरता पाएका छन् । सिजन २ को ब्लाइन्ड अडिसनको सुटिङ बुधबारबाट सुरु हुने आयोजकले जनाएको छ ।

सोमबार अनुबन्धन सम्बन्धी सम्झौतापत्रमा हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेल र प्रायोजक प्रतिनिधिहरुले हस्ताक्षर गरेका थिए । कार्यक्रम साउनको पहिलो सातादेखि शुक्रबार र शनिबार साँझ ८ बजे प्रशारण हुने छ । झण्डै २३ हजार प्रतिभाहरुले डिजिटल अडिसनमा सहभागीता जनाएकोमा विभिन्न छनौट चरण पार गरी १ सय भन्दा बढि प्रतिभाहरु ब्लाइन्ड अडिसनका लागि चुनिएको कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी गराए ।